शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

बुधबार, २५ साउन २०७९, १२ : ३७
बुधबार, २५ साउन २०७९

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।

इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजीका लागि आक्रमण गरेको जनाएको छ । 

उनको खोजीको लागि इजरायली सेनाले आक्रमण गरेको इजरायली सेनाको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान नै सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला केही दिनमा इजरायल र प्यालेस्टिनी सेनाले दोहोरो आक्रमण जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ । यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि आपसमा आक्रमण भने रोकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप