बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

बुधबार, २५ साउन २०७९, १२ : २७
बुधबार, २५ साउन २०७९

अविरल वर्षाका कारण नुवाकोटकको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति पुर्याएको छ । मंगलबार तादी खोलामा  आएको बाढीबाट  नुवाकोट– १ का विभिन्न ठाउँमा क्षति पुर्याएको हो ।

नेपाली काँग्रेस नुवाकोट – १  प्रदेश (ख) का सभापति रामजी पौडेलले बाढीले दुप्चेश्वर गाउँपलिकाको राउतबेँसीमा बस्तीमा सबेत क्षति पुगेको बताए । उनले राउतबेँसीमा खेती योग्य जमिन बगरमा परिणत भएको र पशु चौपाया  पनि बाढीले बगाएको पौडेलले बताए । यस्तै पन्चकन्या गाउँपालिका सिमरामा खेतीयोग्य जमीन खण्डहरमा परिणत भएको उनको भनाइ छ ।

त्यस्तै सातबीसे र थप्रेक जोडने तादीखोलको पुलको एउटा भाग भासिएको छ । उक्त सडक अवरुद्ध छ । लिखु गाउँपालिका ढिकुरेको पक्की पुलमा क्षति हुँदा काठमाडौ आउजाउ गर्न अवरुद्ध भएको पौडेलले बताए ।

उनका अनुसार थप्रेक, आप्र र बाहुनबेसी र ढिकुरे जोड्ने पक्की पुलहरुमा व्यापक क्षति पुगेको छ । काँग्रेस प्रवक्ता महतले प्राकृतिक प्रकोपबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दारमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप