बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दीपा भारतीय क्लबमा अनुबन्ध

बुधबार, २५ साउन २०७९, १० : ४४
बुधबार, २५ साउन २०७९

नेपाली महिला फुटबल खेलाडी दीपाले आइलिग छनोट खेल्ने भएकी छन् । मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएकी हुन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाईटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो । दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने गोप्य रहेको बताईन् ।

‘प्रतियोगिताको लागि सम्झौता भएको हो । आईलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’ दीपाले भनिन् । आज अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाईटेड भिड्ने छन् । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप