चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ ।
‘सुरुमा केन्द्रीय कार्यालयको बैठक बस्छ । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउँछ । सचिवालयले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्युरो र पोलिटब्युरोले केन्द्रीय कमिटी बैठक बोलाएर निर्वाचन लक्षित कार्यक्रम र कार्ययोजना तय गरिन्छ’, एमालेका एक पदाधिकारीले भने, ‘सम्भवतः बुधबार बेलुका केन्द्रीय कार्यालयको बैठक बसेर बिहीबारलाई सचिवालय बैठक तय गर्छ । त्यसपछि लगातार बैठकको मिति तय गरिन्छ ।’ एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।
‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरु बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको भनाइ छ । एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरुको भनाइ छ । ५ दलीय सत्ता गठबन्धन मिलेर चुनाव लड्ने तयारी गरिरहेका बेला एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजी गर्ने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी