शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असमान तलब वृद्धिको विरोधमा आज पनि ‘पेन डाउन’ गर्दै नायब सुब्बाहरू

बुधबार, २५ साउन २०७९, ०९ : ३५
बुधबार, २५ साउन २०७९

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यमा उल्लेख भयभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । 

तलबमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । 

नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप