शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनहरा खोलामा बाढी : किनारका घर र पशु फार्म डुबानमा

बुधबार, २५ साउन २०७९, ०८ : ५९
बुधबार, २५ साउन २०७९

अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् । 

दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेशीबाट ४ जनालाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । 

दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बंगुर फर्मबाट ५ सय हाँस, २ सय बंगुर र २ वटा गाईलाई सुरक्षित ठाउँमा सारिएको छ ।  भक्तपुरको मध्यपुर थिमी नगपालिका–१ स्थित खोला किनाराको सुकुम्बासी बस्तीका ६० वटा घर डुबानमा परेको छ । दिव्यश्वरी प्लानिङ स्थित पेमा तामाङको कुखुरा फर्ममा पनि बाढीले क्षति गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप