देशका हरेक क्षेत्र राजनीतिले गिजोल्यो : पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको हरेक क्षेत्रलाई राजनीतिले गिजोलेको आरोप लगाएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा राजनीति हाबी हुँदा विकास निर्माणले गति लिन नसकेको बताइन् ।
उनले न्यायालयको स्तर उच्च राख्न प्रधानन्यायाधीश नै असल हुनुपर्ने बताइन् । सो कार्यक्रममा कानुन विषय अध्ययन गर्न लागेका विद्यार्थीहरुलाई कार्कीले मेहनत गरे सफल भइने र कानुनका विद्यार्थीका लागि विभिन्न क्षेत्रको ढोका खुल्ने भन्दै यो हौसला समेत प्रदान गरिन् ।
विद्यार्थीहरुलाई आफ्नो केहि महत्त्वपूर्ण फैसला लेख्दाको अनुभव सुनाउँदै कार्कीले कम्तिमा कानुनको अध्ययन सकेर न्यायालयमा छिर्दै गर्दा फैसला लेख्न सक्ने भएर निस्कन समेत आग्रह गरिन् । कार्यक्रममा कार्कीद्वारा लिखित 'न्याय' किताबलाई प्रदर्शनीमा समेत राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?