बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै

बुधबार, २५ साउन २०७९, ०७ : ०९
बुधबार, २५ साउन २०७९

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । 

जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च  देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने पुगेको छैन । 

काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कायमै रहेकोले खोला किनारका बस्तीमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप