शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टिमो वार्नेर पुनः जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्ध

बुधबार, २५ साउन २०७९, ०६ : ५६
बुधबार, २५ साउन २०७९

जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ । इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । उनी २५ मिलियन पाउन्डमा जर्मनी फर्किएका हुन् । 

उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए । 

उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिडले इच्छा व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप