बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टेनिस स्टार सेरेनाको सन्यास

बुधबार, २५ साउन २०७९, ०६ : १६
बुधबार, २५ साउन २०७९

टेनिस महिला स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् ।

उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।

४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन्  । उनीले  हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन् । हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप