शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच विशिष्टको तलब बढ्ने, कसको कति ?

बुधबार, २५ साउन २०७९, ०५ : ५६
बुधबार, २५ साउन २०७९

सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । 

प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । 

प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप