युवा संघमा ४९१ सदस्यीय केन्द्रीय कमिटी

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । काठमाडौंमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।


उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी सापकोटा र सीता सुवेदी रहेका छन् । महासचिवमा क्षितिज थेवे, उपमहासचिवद्वयमा रमेश तिवारी र विजय डाँगी, सचिवमा विकास ज्ञवाली, बैजनाथ साह, विस्ना चन्द रहेका छन् ।



बैठकले कात्तिक १० गतेभित्र जिल्ला अधिवेशन, भदौ पहिलो हप्ताभित्र वडा तहको अधिवेशन र भदौ २१ गतेभित्र पालिका अधिवेशन गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । युवा संघले प्रत्येक कमिटीमा युथ फोर्स, साइबर सर्कल र निर्वाचन परिचालन कमिटी गठन गर्नसमेत निर्देशन दिएको छ । युवा संघले प्रत्येक कमिटी सर्वसम्मत चयन गर्न पनि निर्देशन दिएको उनले बताए । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।