भारतबाट फर्किएका ४२ मा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक/एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा सङ्क्रमण देखापरेको थियो ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ को ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा
-
कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन
-
गहुँबाली भित्र्याउन किसानहरूलाई भ्याइनभ्याई (तस्बिरहरू)