बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

क्रिप्टो कारोबारको आरोपमा पक्राउ परेका युवक ६ लाख धरौटीमा रिहा

मङ्गलबार, २४ साउन २०७९, २१ : ५३
मङ्गलबार, २४ साउन २०७९

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोपमा पक्राउ परेका विश्वराम श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काभ्रेको मण्डनदेउपुर गाउँपालिका–७ घर भएका विश्वराम श्रेष्ठ जिल्ला अदालतले मागेको ६ लाख धरौटी बुझाएर छुटेका हुन् । 

साउन १ मा जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट श्रेष्ठले क्रिप्टो करेन्सी तथा विदेशी मुद्राको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

क्रिप्टोलाई माध्यम बनाएर श्रेष्ठले हुण्डीको कारोबार गर्ने गरेका थिए । साउन ३२ मा आफ्नो खाताबाट अचानक रकम ट्रान्सफर भएको भनेर जीवनराज उप्रेतीले जानकारी गराएपछि प्रहरीले अनुसन्धान गर्दा रकम विश्वरामको खातामा जम्मा भएको देखिएको थियो । विश्वरामको मोवाइल फरेन्सिक ल्यावमा जाँच गर्दा मोबाइलमा क्रिप्टो कारोबारमा प्रयोग गरिने एप्सहरु प्रयोग भएको भेटिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप