आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

महान् अम्पायर रुडी कर्टजनको सडक दुर्घटनामा मृत्यु

मङ्गलबार, २४ साउन २०७९, २१ : ४८
मङ्गलबार, २४ साउन २०७९

दक्षिण अफ्रिकाका महान् अम्पायर रुडी कर्टजनको सडक दुर्घटनामा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । रुडी गल्फ खेलेर केप टाउनबाट आफ्नो घर नेल्सन मण्डेला बे फर्किरहेका थिए । रुडीका छोराले आफ्नो बाबुको घटनास्थलमै मृत्यु भएको बताए ।

सन् १९८१ देखि घरेलु क्रिकेटमा अम्पायरिङ सुरु गरेका रुडीले पहिलो पटक सन् १९९२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बन्ने अवसर पाएका थिए । उनले पोर्ट एलिजाबेथमा दक्षिण अफ्रिका र टीम इन्डियाबीचको खेलबाट टेस्ट डेब्यू गरेका थिए ।

रुडीले कीर्तिमानी २०९ एकदिवसीय, १०८ टेस्ट र १४ टी-२० अन्तर्राष्ट्रिय खेलमा अम्पायर गरेका थिए। स्टिभ बकनरपछि १०० टेस्ट खेलमा अम्पायरिङ गर्ने उनी मात्र दोस्रो अम्पायर थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अन्तिम पटक सन् २०१० मा लर्ड्स टेस्टमा मैदान उत्रेका थिए । त्यसपछि उनले सन् २०११ सम्म आइपिएलमा अम्पायरिङ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप