बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीसँग २.२३ करोड भारु बराबरको सम्पत्ति

मङ्गलबार, २४ साउन २०७९, २१ : ४५
मङ्गलबार, २४ साउन २०७९

प्रधानमन्त्री नरेन्द्र मोदीसँग २.२३ करोड भारुभन्दा बढीको सम्पत्ति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अधिकांश सम्पत्ति बैंक निक्षेपको रूपमा छ। गुजरातको गान्धीनगरमा आफ्नो जग्गा दान गरेकाले प्रधानमन्त्रीसँग अहिले कुनै अचल सम्पत्ति छैन। यो जग्गाको मूल्य १ करोड १ लाख थियो ।

प्रधानमन्त्री कार्यालय (पीएमओ) को वेबसाइटमा प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सम्पत्ति विवरण अनुसार ३१ मार्च २०२२ सम्म उनको कूल सम्पत्ति २ करोड २३ लाख ८२ हजार ५०४ रुपैयाँ थियो । योसँगै मोदीको चल सम्पत्ति गत वर्षको तुलनामा २६.१३ लाखले बढेको छ ।

मोदीले दान गरेको जग्गाको अंश गुजरातको मुख्यमन्त्री हुँदा अक्टोबर २००२ मा किनेका थिए। यस जग्गामा थप ३ जनाको पनि स्वामित्व थियो । यसमा प्रधानमन्त्रीको २५५ हिस्सेदारी थियो । मोदीसँग १ लाख ८९ हजार ३०५ रुपैयाँको जीवन बीमा पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप