बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारमा बुधबार महागठबन्धन सरकार गठन हुँदै

मङ्गलबार, २४ साउन २०७९, २१ : ४२
मङ्गलबार, २४ साउन २०७९

जेडीयू र आरजेडीको नेतृत्वमा गठबन्धनको नयाँ सरकारले बुधबार दिउँसो २ बजे राजभवनमा शपथ ग्रहण गर्ने भएको छ। राष्ट्रिय जनता दलले आफ्नो ट्वीटर ह्यान्डलबाट गरेको ट्विटमा यो जानकारी दिएको हो ।

तर, नयाँ सरकारमा को मुख्यमन्त्री र को उपमुख्यमन्त्री बन्ने भन्ने भने खुलाइएको छैन । राष्ट्रिय जनता दलले ट्वीटमा लेखेको छ, ‘माननीय मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ ग्रहण भोलि दिउँसो २ बजे राजभवनमा हुनेछ ।

यसअघि जेडीयू र बीजेपी गठबन्धनका नेता नितिश कुमारले राज्यपाल फागु चौहानसँग अपराह्न ४ बजे भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। केही समयपछि उनले फेरि राज्यपाललाई भेटेर नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप