मोटरसाइकल चोरी गर्ने एकै गाउँका ६ जना पक्राउ

बाराको पचरौता नगरपालिकाबाट मोटरसाइकल चोरी घटनामा एकै गाउँका ६ जना पक्राउ परेका छन् । पचरौता नगरपालिका वडा नं ७ बेनौली टोलका मोटरसाईकल चोरीमा संग्लन गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।
एउटै गाउँका १० जनामध्ये अन्य ४ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संग्लन गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बारा पचरौता नगरपालिका ७ का २१ वर्षीय विशाल कुमार सहनी, सोही ठाउँका २० वर्षीय भोला पटेल, बृजमोहन साह सोनार, विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी रहेका छन् । चालु आर्थिक वर्षको साउन महिनाको तेस्रो सातासम्म बारा प्रहरीमा ९ वटा मोटरसाईकल हराएको उजुरी परेको छ । गत वर्ष १८४ वटा मोटरसाईकल चोरीका उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जनाएका छन् ।
‘बारामा मोटरसाईकल चोरी गिरोह ठूलो संख्यामा छ । अहिले हामीलाई चोरीका घटना ठूलो चुनौतीको रुपमा खडा भएको छ’ डिएसपी थापाले भने । बाराको महागढीमाई नगरपालिका १ स्थित बरियारपुरबाट साउन १९ गते प्रहरीले २ वटा मोटरसाईकल चोरी गरी भाग्ने क्रममा पचरौता नगरपालिका ७ बेनौलीका सहनी र पटेल शुरुमा पक्राउ गरेको हो । उनीहरुको बयानका आधारमा प्रहरीले बाँकी ४ जनालाई १२ वटा मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो । चोरीका मोटरसाईकल भारत लगेर इन्जिन तथा अन्य पार्टपुर्जा हेरफेर गरीने भएकाले चोरीका मोटरसाईकल भेटिन समय लाग्ने गरेको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट