शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याएको पर्स र पेटी बरामद, १ जना पक्राउ

मङ्गलबार, २४ साउन २०७९, २० : ५८
मङ्गलबार, २४ साउन २०७९

काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट प्रहरीले भन्सार छलेर ल्याएको छालाको पेटी र पर्स बरामद गरेको छ । भन्सार छलीमा संलग्न सप्तरीको राजविराज घर भएका ४२ वर्षीय गणेश भगतलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

अपराध अनुसन्धान कार्यालयको टोलीले उनको गोदाममा छापा मारेर १९ सय ६ थान छालाको पेटी र ५२ सय ९४ थान पर्स बरामद गरेको छ । आरोपीलाई कानुनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप