शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

मङ्गलबार, २४ साउन २०७९, १९ : ५६
मङ्गलबार, २४ साउन २०७९

प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको हो । 

खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा सुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप