मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा टेलिमेडिसेन सेवा सुरु

मङ्गलबार, २४ साउन २०७९, १९ : ४१
मङ्गलबार, २४ साउन २०७९

काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिनको प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिनको सेवा मंगलबारबाट काभ्रेको तेमालगाउँपालिका–४ स्थिति बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । 

धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । डाक्टरहरू अंगिरा कर्माचार्य, मनिषा सिंहवशुकला, अतिथिमिश्र, पुजाश्रेष्ठ, टिना श्रेष्ठ र स्वास्थ सहायक पुरन राउतलगायतकाले बिरामीहरुलाई सेवा उपलब्ध गराएका हुन् । यसबाट करिब ४० जना बिरामी लाभान्वित भएका थिए ।  

दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीय तिलक लामाले बताए । उनले अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए । धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रुपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँमात्र सेवा शुल्क लिने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप