शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मङ्गलबार, २४ साउन २०७९, १८ : ३१
मङ्गलबार, २४ साउन २०७९

राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका अमित श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण सुवेदीले उनलाई थुनामा राख्न आदेश गरेका हुन् । 

नुवाकोट घर भएका श्रेष्ठलाई प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा असार २९ मा पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।

मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप