शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीएनआई रोजगार तथा सीप मेला लाग्ने

मङ्गलबार, २४ साउन २०७९, १८ : २८
मङ्गलबार, २४ साउन २०७९

नेपाल उद्योग परिसंघले कात्तिक १७ गते देखि २० गतेसम्म सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ । परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो ।

चार दिने मेलामा २ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट प्रस्तुती समेत हुने बताए । उनले मेलमा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरूसँग सम्र्पक तथा छलफल गर्न सकिने बताए ।  

अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताए । परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ । सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास लिएको छ । नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप