शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता पर्‍यो : मन्त्री कार्की

मङ्गलबार, २४ साउन २०७९, १७ : ३१
मङ्गलबार, २४ साउन २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान समयको आवश्यकतालाई हेरेर गठबन्धन गरिएको बताएका हुन् ।

उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासमा गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताए । ‘मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्यकता परेको हो । मुलुकमा संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको छ’, उनले भने ‘मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि गठबन्धन महत्वपूर्ण छ ।’

उनले मुलुकको आवश्यकताको आधारमा आगामी निर्वाचनसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पुनः गठबन्धन हुने बताए । ‘मुलुकको आवश्यकता र जनताको चाहना अनुसार आगामी निर्वाचनसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा फेरि गठबन्धन हुन्छ ,’ उनले भने । उनले सत्ता गठबन्धनमा सिट संख्या टुंग्याउन बनेको कार्यदलले काम गरिरहेको र सिट संख्या बाँडफाँडको छलफल सकारात्मक भइरहेको उनले बताए । उनी सो समितिको सदस्यसमेत रहेका छन् ।

‘पावर सेयरिङ’ मा दलहरूलाई एकजुट बनाएर छिटै टुंगोमा पुग्ने उनको भनाइ छ । निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व भएको उनको बताए । आगामी मंसिर ४ गते घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले विकास र समृद्धिको चाहना पूरा गर्ने मन्त्री कार्कीको दावी छ । उनले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष हुने र सो निर्वाचनमा आम मतदाताहरू निर्भयतापूर्वक सहभागी हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप