शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा जग्गा नापजाँचको काम सुरु

मङ्गलबार, २४ साउन २०७९, १७ : २४
मङ्गलबार, २४ साउन २०७९

बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा वितरण गर्न जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ रानीगञ्जमा आज एक समारोहका बीच नापजाँचको उद्घाटन  गरेका हुन्  । 

नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा दिने बताउँदै लामो समयदेखि समस्या रहेको यो काम अब छिट्टै पुरा गरिने बताए । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु भएको बताए । आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयलाई आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप