तमलोपाकाे गठबन्धनबारे छलफल गर्न विजयकुमारलाई जिम्मेवारी

तमलोपाले मंसिर ४ मा हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । यस्तै पार्टीले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग सहकार्य तथा गठबन्धन गर्नका लागि छलफल गर्न वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई जिम्मेवारी दिएको छ ।
मंगलबार जनकपुरधामस्थित तमलोपाको केन्द्रीय कार्यालयमा अध्यक्ष वृशेषचन्द्र लालको अध्यक्षतामा बसेको बैठकले संसदीय लोकतन्त्रको मान्यतालाई सत्तारुढ दलले दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाहरुको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाहरू क्रियाशील रहिरहनु हास्यास्पद भएको केन्द्रिय सदस्य उमेश मण्डलले बताए ।
बैठकले नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपनि प्रमाणीकरणमा राष्ट्रपतिबाट ढिलाइ भएकोप्रति तमलोपाले ध्यानाकर्षण भएको जनाएको छ । तमलोपाले सो विधेयक तत्काल प्रमाणीकरण गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति