शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्यु हुने ७५ प्रतिशतले खोप नलगाएका : स्वास्थ्य मन्त्रालय

तत्काल कोभिड–१९ विरुद्धको खोप लगाउन अपिल
मङ्गलबार, २४ साउन २०७९, १७ : ००
मङ्गलबार, २४ साउन २०७९

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको छ ।

मन्त्रालयले खोप लगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ ।
नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ । अहिले ६१ जना आईसीयू र ७ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ अझै निर्मूल भई नसकेको र विश्वका ७.९ अर्ब मानिसहरू अझै पनि यसको जोखिममा रहेको बताएको छ । कोभिड–१९ बाट सङ्क्रमित लगभग ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर खोप नलगाएका मानिसमा गम्भीर रूपमा बिरामी पर्ने वा मृत्यु हुनसक्ने सम्भावना खोप लगाएकाको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको जिकिर छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप