होहल्ला भएपछि ओलीले २० मिनेटमै टुङ्ग्याए भाषण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली घण्टौँ भाषण गर्ने सामर्थ्य राख्छन् । उनले भाषण गर्न थालेपछि प्रायले चासो मानेर पनि सुन्छन् । तर, मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले बोल्न थालेपछि कार्यक्रममा सहभागीहरू खाजा खानतिर लागेपछि उनले आफ्नो भाषण २० मिनेटमै टुङ्ग्याए ।
विश्व सामुदायीक वन दिवसका अवसरमा सामुदायीक वन उपभोक्ता महासंघले काठमाडौंमा गरेको कार्यक्रममा वन उपभोक्ता महासंघका पदाधिकारी, पुर्व पदाधिकारी र वनमन्त्री प्रदीप यादवले बोलेपछि प्रमुख अतिथिका रुपमा अध्यक्ष ओलीलाई आयोजकले बोल्न समय दिएका थिए । तर ओलीले बोल्न सुरु हुनासाथ सहभागीहरू कार्यक्रम लामो भएको भन्दै होहल्लासहित खाजा खान थालेपछि एकछिन ओली समेत छक्क परेका थिए । एकछिन बोल्न रोकिएका ओलीले दर्शक दीर्घमा हेर्दै के भएको ? भनेर जिज्ञासा राखेका थिए ।
ओलीको जिज्ञासामा आयोजकमध्ये कसैले ‘कार्यक्रम लामो भयो, भोक लाग्यो भन्दै सहभागीहरू उठेको’ जनाउ दिए । त्यसपछि ओलीले शान्त हुन आग्रह पनि गरे । तर ओलीको आग्रह सवैले सुनेन् । तैपनि ओलीले आफ्नो मन्तव्य जारी राखे । ओली बोल्न थालेको करिव २० मिनेटसम्ममा उनले वनपैदावार र त्यसबाट हुने फाइदाबारे व्याख्या गरे । त्यतिसम्म पनि हल्ला नरोकिएपछि र सहभागीहरू खाजातिरै केन्द्रीत भएपछि ओलीले कार्यक्रम लामो हुँदा धेरैलाई पट्यार लाग्न सक्ने भन्दै आफ्नो मन्तव्य सकाएको घोषणा गर्दै कार्यक्रममा सम्मानित भएकाहरुलाई बधाई ज्ञापन गरे ।
प्राय: यस्ता सार्वजनिक कार्यक्रममा राजनीतिलाई छोएर भाषण गर्ने ओलीले मंगलबारको कार्यक्रममा कुनैपनि राजनीतिक शब्द समेत उच्चारण गरेनन् । बरु ओलीले वनस्पति विनाको मानव जीवन कल्पना गर्न नसकिने बताए । ‘वनस्पति विनाको मानव जीवन कल्पना गर्न पनि सकिदैन । वनस्पति अभावमा अक्सिजन न्युन हुँदैजान्छ । अक्सिजन नहुँदा जलचर, थलचर, उभयचर पनि मान्दैनन्’, ओलीको भनाइ छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले सामुदायिक वन व्यवस्थापनमा नेपाल विश्वकै उत्कृष्ठ रहेको बताए । उनले नेपालको वनमध्ये ४० प्रतिशत वन समुदायमार्फत व्यवस्थापन भएको भन्दै वातावरण, जैविक विविधता, भूक्षय रोकथाममा समेत सामुदायिक बनले महत्वपुर्ण भुमिका खेलेको तथा ठुलो संख्यामा रोजगारीका लागि सहयोग पुर्याएको बताए । दिवसका अवसरमा महासंघले काठमाडौंस्थित रानीवारी सामुदायीक वन र काभ्रेस्थित कुशादेवी धारापानी सामुदायीक वनलाई सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति