नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।
राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।
नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरूसँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका छौँ ।’ अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत