बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१ हजारबाट उकालो लाग्यो कोरोना संक्रमितको संख्या, २ को मृत्यु

मङ्गलबार, २४ साउन २०७९, १६ : ४५
मङ्गलबार, २४ साउन २०७९

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप