शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

मङ्गलबार, २४ साउन २०७९, १६ : ४०
मङ्गलबार, २४ साउन २०७९

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।

पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।

दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चलेको आक्रमणमा पाँच इजरायली र १५८ प्यालेस्टाइनी मारिएका थिए ।  तेस्रो आक्रमण- सन् २०१४ मा ५० दिन चलेको आक्रमण हमासले तीन इजरायली किशोरहरुको अपहरणपछि हत्या गरेपछि सुरु भएको थियो । यसमा २१०० प्यालेस्टाइनी मारिए भने ७३ इजरायलीहरु मारिएजस मध्ये ६७ सेना थिए ।

चौथो आक्रमण- ११ दिन चलेको यो युद्धमा संयुक्त राष्ट्र संघका अनुसार गाजामा इजरायलबाट भएको पछिल्लो आक्रमणमा कम्तिमा २६१ मानिस मारिएका थिए । ११ दिन चलेको आक्रमणमा गाजा पट्टीका ५१ शैक्षिक सस्था, ६ अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्रहरु ध्वस्त भएका थिए । त्यसमा गाजा भरमा रहेको एक मात्र कोभिड–१९ परिक्षण प्रयोगशाला समेत नष्ट भएको थियो ।

–इजरायल, इजिप्ट र भू–मध्ये सागरबीच रहेको गाजा पट्टी ३६५ वर्ग किमीमा फैलिएको सानो भूगोल भए पनि यहाँ २१ लाख मानिस बसोबास गर्छन् । यो विश्वकै सबैभन्दा घना क्षेत्रमध्ये एक हो ।

–४१ किमी लम्बाइ र औसत १० किमी चौडाइमा फेलिएको यस भूभाग एक घण्टाभन्दा कम समयको सवारीमा एक छेउबाट अर्को छेउसम्म पुग्न सकिन्छ ।

–पन्ध्र वर्षदेखि इजरायली नाकाबन्दीमा बाचिरहेको छ, गाजा पट्टी । सन् २००७ मा सशस्त्र समूह गाजाले निर्वाचन जितेर सरकार गठन गरेदेखि इजरायलले यस भेगमा कडाई गरेको छ ।

–नाकाबन्दीलाई कार्यन्वयन गर्न सम्पूर्णजसो गाजा पट्टीमा कंक्रिटका पर्खाल र दुई तहको काँडे तार लगाइएको छ । यो बारको एक किमीभित्र आउने मानिसमाथि इजरायली सेनाले गोली हान्न सक्छ । स्थल नाकाबन्दी बाहेक पनि इजरायलले गाजालाई समुन्द्र तथा हवाई मार्गमा पनि नाकाबन्दी लगाएको छ ।

– गाजामा कुनै विमानस्थल आउजाउ गर्न सक्दैन । सन् २००१ सम्म त्यहाँ यसर अराफात अन्तर्राष्ट्रिय विमानस्थल थियो जुन खुलेको तीन वर्षमै इजरायलले बमबारी गरेर नष्ट गरिदिएको थियो । यी सब कारणले गाजालाई विश्वको ‘सबैभन्दा ठूलो खुला जेल’ भनिन्छ ।

–गाजा पट्टी उत्तरी गाजा, गाजा सहर, देएर अल–बलाह, खान युनिस र राफाह पाँच प्रशासनिक इकाईमा विभाजित छ । जसलाई तल विस्तारमा वर्णन गरिएको छः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप