किन सर्यो दीपक मनाङ्गेको ‘२ नम्बरी’ ?
मङ्गलबार, २४ साउन २०७९, १६ : ३२
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे निर्माता रहेको ‘२ नम्बरी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यस अगाडि कार्तिक ४ गते प्रदर्शनमा आउने बताइएको फिल्मलाई २ साता अगाडि सारिएको हो ।
प्रस्तुतकर्ता किरण नेपालीले अब फिल्म २१ गतेबाट रिलिज हुने जानकारी दिए । वितरकसँगको सल्लाहमा असोज २१ गते खाली रहेकोले प्रदर्शन गर्न लागेको उनको भनाई रहेको छ । आगामि ४ मंसिरको चुनावमा निर्माता नेपाली उम्मेदवार बन्ने भएका कारणले फिल्म छिटै रिलिज गर्न लागेको चर्चा भने फिल्म क्षेत्रमा चलेको छ ।
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेनको मुख्य भूमिका फिल्ममा छ । २ साथीको मित्रताको कथामा बनेको फिल्मको सरोज नेपाली कार्यकारी निर्माता हुन् । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकको अलवा अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की