बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन सर्‍यो दीपक मनाङ्गेको ‘२ नम्बरी’ ?

मङ्गलबार, २४ साउन २०७९, १६ : ३२
मङ्गलबार, २४ साउन २०७९

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे निर्माता रहेको ‘२ नम्बरी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यस अगाडि कार्तिक ४ गते प्रदर्शनमा आउने बताइएको फिल्मलाई २ साता अगाडि सारिएको हो ।

प्रस्तुतकर्ता किरण नेपालीले अब फिल्म २१ गतेबाट रिलिज हुने जानकारी दिए । वितरकसँगको सल्लाहमा असोज २१ गते खाली रहेकोले प्रदर्शन गर्न लागेको उनको भनाई रहेको छ । आगामि ४ मंसिरको चुनावमा निर्माता नेपाली उम्मेदवार बन्ने भएका कारणले फिल्म छिटै रिलिज गर्न लागेको चर्चा भने फिल्म क्षेत्रमा चलेको छ ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेनको मुख्य भूमिका फिल्ममा छ । २ साथीको मित्रताको कथामा बनेको फिल्मको सरोज नेपाली कार्यकारी निर्माता हुन् । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकको अलवा अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप