जसपासँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए । उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्न बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए ।
उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छाँै । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’ उनले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
-
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु