बुमराहले एसिया कप गुमाउने
मङ्गलबार, २४ साउन २०७९, १६ : ०४

भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले ढाडमा लागेको चोटका कारण एसिया कप गुमाउने भएका छन् । चोटबाट मुक्त हुनका लागि केही समय आराम गर्नुपर्ने भएकाले उनले एसिया कप खेल्न नपाउने भएका हुन् ।
‘जसप्रित बुमराह ढाडमा लागेको चोटका कारण एसिया कप खेल्ने छैनन् । उनी हाम्रो मुख्य बल हुन् । हामी उनी टी–२० विश्वकप अघि खेलमा फर्किउन् भन्ने चाहन्छौँ । हामी एसिया कप लागि जोखिम मोल्न चाहँदैनौँ,’ एक शीर्ष बीसीसीआई अधिकारीले पीटीआईसँग भने ।
बुमराहले पछिल्लो पटक इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला खेलेका थिए । उनलाई वेस्ट इन्डिज र जिम्बावेविरुद्धको शृङ्खलाका लागि आराम दिइएको छ । गत हप्ता पीडा बढेपछि बैंग्लुरुमा उनले परीक्षण गराएका थिए । जहाँ ढाडमा समस्या देखिएको थियो । केही वर्षअघि पनि बुमराहलाई ढाडमा समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड