शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ४३ अंकको पहिरो, कारोबार २ अर्ब ८१ करोडमा खुम्चियो

मङ्गलबार, २४ साउन २०७९, १६ : ०३
मङ्गलबार, २४ साउन २०७९

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४३.३५ अंकले घट्दै २० हजार ६२.८० अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १७.१५ अंकले घटेर २१ सय ६.१५ अंकमा अडिएको थियो ।

यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.६८ अंकले घट्दै ३९७.४३ अंकमा झर्न पुगेको छ । ४३ अंकले घटेको बजारमा आज कारोबार रकम समेत खुम्चिँदै २ अर्ब ८१ करोडमा सीमित भएको छ । १३ वटा उपसूचक मध्ये १३ वटै उपसूचक आज ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.९५ प्रतिशतले मात्र घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप