शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारले ल्यायो कर्मचारीसम्बन्धी दुई अध्यादेश

मङ्गलबार, २४ साउन २०७९, १५ : ३२
मङ्गलबार, २४ साउन २०७९

बागमती प्रदेश सरकारले दुई वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभा बैठक नरहेको कारण देखाउँदै प्रदेश सरकारले तत्काल कर्मचारीसँग सम्बन्धित दुई वटा कानुन अध्यादेशमार्फत ल्याउने निर्णय गरेको हो ।

प्रदेश निजामती कर्मचारी व्यवस्थापन अध्यादेश र स्थानीय तह कर्मचारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषदबाट दुई वटा अध्यादेश जारी गर्ने निर्णय भएको रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप