शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा राप्रपाको प्रशिक्षण : पार्टीको स्थितिबारे समीक्षा

मङ्गलबार, २४ साउन २०७९, १५ : ०७
मङ्गलबार, २४ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कर्णालीमा राप्रपाको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सो क्रममा गम्भीर समीक्षा हुने बताइएको छ । 
प्रशिक्षण कार्यक्रमका लागि उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधान र उपाध्यक्ष मुकुन्द श्याम गिरी, सह–महामन्त्री धन बहादुर बुढा, केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति सदस्य सुनिता शाह लगायतका नेताहरु वीरेन्द्रनगरमा छन् । जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा प्रदेशका सबै जिल्लाबाट नेता, कार्यकर्ता उपस्थित भएका छन् । 

राप्रपा नेतृ सन्तोषी शाहीले प्रशिक्षण भेलाले राप्रपाको शक्ति कर्णालीमा के–कति छ ? एकिन गर्ने बताइन् । साथै उनले राप्रपाको सांगठनिक अवस्थालाई बलियो पार्न प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नका लागि नेता, कार्यकर्तालाई सम्बन्धित जिल्ला र पालिकामा कसरी खटाउने, सांगठनिक अवस्थालाई कसरी मजबुद पार्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ,’ उनले भनिन्, ‘गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि राप्रपाको मतभार विगतको भन्दा केही सुध्रिएको अवस्था छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप