सुजी र मैदाको निर्यात रोक्दै भारत
मङ्गलबार, २४ साउन २०७९, १५ : ०३
भारतले सुजी र मैदाको निर्यात प्रतिबन्ध लगाउने भएको छ । भारत सरकारले यही साउन २९ गतेदेखि लागू हुने गरेर सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसअघि, भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि भारतबाट सुजी र मैदाको निर्यातमा ह्वात्तै वृद्धि आएको थियो । भारतको व्यापार महानिर्देशनालय (डीजीएफटी)ले जारी गरेको निर्देशनअनुसार सुजी र मैदाको निर्यातमा अनुमति आवश्यक पर्ने छ ।
भारत सरकारले एक महिना अघि आँटाको निर्यात पनि रोकिसकेको छ । गहुँको निर्यात रोक्दा त्यसको प्रभावस्वरूप आँटाको निर्यात बढेको थियो । निर्यात बढेपछि सरकारले सूचना नै जारी गरेर आँटाको निर्यात प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन