बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानमा प्रचण्डको राजनीतिक भेटवार्ता (तस्बिरहरु)

मङ्गलबार, २४ साउन २०७९, १४ : ५७
मङ्गलबार, २४ साउन २०७९

जापान भ्रमणमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता,तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ । 

लिवरल डेमोक्रेटिक पार्टीका पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा  उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरोबीच पार्टी कार्यालय टोकियोमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप