बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङले बाहिरबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने समय सातबाट तीन दिनमा घटायो

मङ्गलबार, २४ साउन २०७९, १४ : ३९
मङ्गलबार, २४ साउन २०७९

हङकङले विदेशबाट आउने मानिसलाई अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम केही खुकुलो गरेर अवधि घटाएको छ । हङकङले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्वकै कडामध्ये एक कदम उठाउँदै आएको थियो । यसले व्यवसाय र स्थानीय बासिन्दालाई कठिन बनाएको गुनासोबीच प्रशासनले होटल क्वारेन्टिन बस्नुपर्ने अवधि सातबाट तीन दिनमा झारेको छ । 

नयाँ व्यवस्था अनुसार विदेशबाट हङकङ पुग्ने यात्रीले तीन दिन होटलमा बिताएपछि ‘चार दिन घरमा चिकित्सकीय निगरानीमा बस्नुपर्नेछ ।’ निगरानी अवधिमा रहेका व्यक्तिहरू बार तथा रेस्टुरेन्टहरूमा प्रवेश गर्न पाउने छैनन् । यो नयाँ कदम आगामी शुक्रबारदेखि लागु हुनेछ । 

हङकङका प्रमुख कार्यकारी जोन लीले उनको प्रशासनले अर्थतन्त्र र यात्रामाथि क्वारेन्टिनको प्रभाव घटाउन अहिलेको कदम चालेको बताए । कुनै समय ‘एशियाको विश्व सहर’को नामले चिनिने हङकङ अढाई वर्षदेखिको कठोर सीमा नियन्त्रणका कारण विश्वको सबैभन्दा एक्लिएको महानगरमा बदलिएको छ । 

बाँकी विश्व भाइरससँग बाच्ने नीतिमा अघि बढिसक्दा हङकङ सरकारले अझै सिमाना नाका सामान्य अवस्थामा फर्काउन समय सीमा दिएको छैन । पछिल्लो सुधारपछि पनि हङकङको यात्रा कठिन र खर्चिलो हुनेछ । कुनै व्यक्ति हङकङ जानुअघि पहिले उसले सहरका क्वारेन्टिन होटलमा कोठा रिजर्भ गर्नुपर्छ । क्वारेन्टिन होटलमा सीमित कोठाको कारण कतिले हङकङले लामो प्रतीक्षा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप