विश्वका ६ देशबाट भित्रिन्छ हुक्काका फ्लेवर, बाहिरयो ८ करोड ७८ लाख
मङ्गलबार, २४ साउन २०७९, १४ : २६
गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा ८ करोड ७८ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्यको हुक्का फ्लेवर भित्रिएको हो ।
विभागका अनुसार १ लाख २३२ किलो हुक्काको फ्लेवर भित्रिएको छ । यसबापत आयातकर्ताले १९ करोड ४२ हजार रुपैयाँ भन्सार राजश्व तिरेका छन् । नेपालमा विश्वका ६ वटा हुक्का भित्रिने गरेको छ ।
तीमध्ये, भारतबाट सबैभन्दा धेरै ७ करोड ९३ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर आयात भएको छ । यस्तै, जोर्डनबाट ७७ लाखको, चीनबाट ३ लाखको र अमेरिकाबाट २ लाखको फ्लेवर आयात भएको विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रैथाने बाली विकासका लागि मन्त्रालय लागिपरेको छ : मन्त्री अधिकारी
-
दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
अब घरजग्गाको किनबेचमा उत्साह बढ्छ: उपप्रधानमन्त्री सिंह
-
मन्थलीमा प्रादेशिक अस्पतालको आवश्यकता खड्कियोः मन्त्री लामिछाने
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै