सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९५ प्रतिशतको हात खाली
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११÷११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बाँकी १३ लाख ४६ हजार ५१४ जना आवेदकहरुको भने हात खाली भएको छ ।
कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणमा आह्वान गरेको थियो ।
कम्पनीको आईपीओका लागि कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
कुल आवेदनमध्ये झण्डै ५ प्रतिशतले मात्र कम्पनीको सेयर हात पारेका छन् । बाँकी ९५ प्रतिशतको हात खाली भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर