शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री नियुक्तिको ३९ दिनपछि भारतको महाराष्ट्रमा मन्त्रिपरिषद् विस्तार, १८ मन्त्रीले लिए शपथ

मङ्गलबार, २४ साउन २०७९, १२ : ५३
मङ्गलबार, २४ साउन २०७९

एकनाथ शिन्दे महाराष्ट्रका मुख्यमन्त्री नियुक्त भएको ३९ दिनपछि आज मन्त्रिमण्डल विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषदमा सत्ता साझेदार भाजपा र शिव सेनाको शिन्दे क्याम्पका ९–९ जना गरेर १८ जना मन्त्री थपिएका छन् । आज भएको सपथ ग्रहण समारोहमा सबैभन्दा पहिले भाजपाका राधाकृष्ण विखे पाटिलले मन्त्रीको सपथ लिए । उनीपछि भाजपाका सुधीर मुनगन्टीवार, चन्द्रकान्त पाटिल, विजयकुमार गावित र गिरीश महाजनले सपथ लिएका थिए । 

त्यसपछि शिन्दे समूहका गुलाबराव पाटिल, दादा भुसे, सञ्जय राठोड र सन्दिपन भुमरेले सपथ लिए । यीबाहेक भाजपाका सुरेख खाडे, रविन्द्र चौहान, मंगल प्रभाव लोधा, अतुल साभेले मन्त्री सपथ लिए । 
शिन्दे समूहका सम्भुराजे देसाई, उदय सामन्त, तानाजी सामन्त, अब्दुल सत्तर, दिपक केशरकार पनि मन्त्री बनेका छन् । सपथग्रहण समारोहमा विपक्षी दलका नेताहरूलाई पनि निम्तो दिइएको बताइएको छ । आमन्त्रित विपक्षी नेताहरुमा पूर्व उप–मुख्यमन्त्री अजित पवार, एनसीपी प्रदेश अध्यक्ष जयंत पाटिल पनि सामेल छन् ।

साथै केन्द्रीय मन्त्री नितिन गडकरी, रावसाहेब दानवेलाई पनि सपथ ग्रहणमा आमन्त्रित गरिएको छ । मन्त्रिपरिषद् विस्तारलाई लिएर सोमबार शिन्दे र फडणवीसबीच भेटवार्ता भएको थियो । 
मुख्य मन्त्री सिन्देले आफ्ना क्याम्पका विधान सभा सदस्यहरुलाई दक्षिण मुम्बईस्थित सायद्री गेष्ट हाउसमा बोलाएका यस पटक मन्त्री नभएर क्रुद्धहरुलाई मनाउने प्रयास गरेका थिए । दुई–तीन सातापछि हुने दोस्रो चरणको विस्तारमा ती मन्त्री बन्ने उनले आश्वासन दिए । 

दुई महिनासम्म पनि मन्त्रिपरिषद विस्तार नभएको उदाहरण
विगतमा भारतका अन्य राज्यहरु तेलंगानामा २ महिना र कर्नाटकमा ३ हप्तासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको उदाहरण छ । सन् २०१८ डिसेम्बर १३ मा तेलंगानाको मुख्यमन्त्री बनेपछि के. चन्द्रशेखर रावले दुई महिनाभन्दा बढी समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । 

६८ दिन सरकार उनी र गृह–मन्त्री मोहम्मद महमूदले मात्र चलाएका थिए । पछि सन् २०१९ फेब्रुअरी १९ मा मन्त्रिपरिषद् विस्तार भयो ।
अझै निर्णय भएको छैन शिव सेना कसको भनेर शिवसेना कसको भन्ने विषय र १६ बागी विधायकको अयोग्यताको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ स्थगित गरेपछि अब यो मुद्दा अगस्ट १२ मा सुनुवाइ हुनेछ । त्यस दिन यो मुद्दा पाँच न्यायाधीशको इजलासमा लैजानुपर्छ कि पर्दैन भन्ने बहसमा सुनुवाई हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप