नर्भिकले भन्यो– तत्काल टहरा भत्काउन सकिँदैन
मङ्गलबार, २४ साउन २०७९, १२ : ४३

नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौं महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आज पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् ।
२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने उनले जानकारी गराएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो । आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधान नहुँदा पार्टी नेतृत्व अप्ठ्यारोमा
-
प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी
-
राप्रपा नेपालले चैत २६ मा बृहत् जनप्रदर्शन गर्ने
-
प्रधानमन्त्रीलाई प्रभुको प्रश्न : कुन नैतिकताले पदमा बस्नुहुन्छ ?
-
अध्यादेश रोकिएपछि एकीकृत समाजवादीमाथि ‘दल विभाजन’को तरबार
-
अजिनक्या रहाणे कोलकाता नाइट राइडर्सको कप्तान, वेंकटेश ऐयरलाई उपकप्तानको जिम्मेवारी