बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन

मङ्गलबार, २४ साउन २०७९, १२ : २३
मङ्गलबार, २४ साउन २०७९

७० काे दशककी पप स्टार मध्येकी एक गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोनको निधन भएको उनका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

३ पटक ग्रामी अवार्ड विजेता जोनको सोमबार दक्षिणी क्यालिफोर्नियाको स्थित आफ्नै घरमा निधन भएको हो । जोन इस्टरलिङले ओलिभियाको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेर आफ्नी श्रीमतीको मृत्युको जानकारी दिएका हुन् ।

जोनले लेखेका छन् ‘ओलिभिया न्यूटन–जोनको आज बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो । यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन् । यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौ ।’ ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत उनले खुलाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप