बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड जापानबाट फर्किएपछि माओवादीले दल दर्ता गर्ने

मङ्गलबार, २४ साउन २०७९, १० : ४६
मङ्गलबार, २४ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । 

प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरिसकेको छ । अध्यक्ष प्रचण्ड कमरेड जापान हुनुहुन्छ । उहाँ फर्किएपछि आयोगमा दल दर्ता गर्न जान्छौ’ पोखरेलले भने । 

दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले माओवादीले प्रचण्ड फर्किएपछि मात्रै आयोग जाने भएको हो । अरु दलहरु आयोगको निर्धारित कार्यतालिका बमोजिम दल दर्ता गरिरहेका छन् । प्रदेश र प्रतिनिधि सभा चुनाव मंसिर ४ गतेका लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप