शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऋतिककी पूर्व श्रीमतीसँग विवाहको अफवाहबारे बोले अर्सलान : भन्छन्, ‘यस्तो कुरा लेख्छ चाहिँ कसले ?’

मङ्गलबार, २४ साउन २०७९, ०९ : ५५
मङ्गलबार, २४ साउन २०७९

अर्सलान गोनीले सुजैन खानसँग आफ्नो विवाहको अफवाहबारे प्रतिक्रिया दिएका छन् । अर्सलानले यो खबर सुनेर आफूलाई असाध्यै हाँसो लागेको बताएका छन् । यस्तै उनले आफू नीजि जीवनबारे कुरा गर्न नरुचाउने पनि स्पष्ट पारेका छन् । अभिनेताले यसबारे भनेका छन्, ‘मलाई पनि कसैले भनिदिनुहोस् न कहिले र कसले विवाहको निर्णय लिएका छन् ।’

वास्तवमा हालै भारतीय मिडियाले सुजैन आफ्ना प्रेमीसँग छिट्टै विवाह गर्न लागेकी छिन् भन्ने खबर छापेको थियो । उक्त विवाहमा ऋतिक रोशन आफ्ना बच्चा, परिवार र प्रेमिका सबा आजादसँग समावेश हुन्छन् भन्ने खबरसमेत प्रकाशित गरिएको थियो ।

विवाहको खबरमा अर्सलानको प्रतिक्रिया

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा अर्सलानले भने, ‘म यसबारे कुरा गर्न चाहन्नँ । म आफ्नो नीजि जीवनबारे कुनै पनि कुरा गर्न रुचाउँदिन । यस्तो कसले भन्यो होला भनेर मलाई थाहा छैन । बिहान सबैभन्दा पहिलो खबर इन्स्टाग्राममा मैले आफ्नै विवाहको देखेँ । म बुझ्न सक्दिनँ यस्तो कुरा लेख्छ चाहिँ कसले ? र उनीहरुलाई कसरी थाहा हुन्छ । म उनीहरुलाई भन्न चाहन्छु कि कसले यो निर्णय कहिले र कहाँ लिएका छन् । म यसबारे अरु केही भन्न चाहन्नँ ।’

नीजि जीवनबारे कुरा गर्न रुचाउँदैनन् अर्सलान

अर्सलान थप्छन्, ‘म आफ्ना साथीहरुसँग पनि आफ्नो नीजि जीवनबारे कुरा गर्न रुचाउँदिनँ । म यस्तै मान्छे हुँ र यसै पनि मानिसहरुले पहिलादेखि नै मेराबारे धेरै थरी कुरा गरिरहेकशा छन् । मेरो नीजि जीवन असाध्यै राम्रो छ र मेरो व्यावसायिक जीवन पनि । म आफ्नो नीजि जीवनबारे कसैलाई पनि जवाफ दिन बाध्य छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप