शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतबाट भागेका बलात्कार मुद्दाका आरोपी पक्राउ

मङ्गलबार, २४ साउन २०७९, ०९ : ५२
मङ्गलबार, २४ साउन २०७९

बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।

बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।

थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप