एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
एभरेष्ट बैंकको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरिएको छ । अब १ भदौसम्म आवेदन दिन सकिनेछ । बैंकले २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसबाट सामूहिक लगानी कोषलाई पाँच प्रतिशत छुट्याएको छ । सामूहिक लगानी कोषले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ६ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?